पदाधिकारी बैठकपछि लिङ्देनले भने- कांग्रेस-एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पदाधिकारी बैठकपछि लिङ्देनले भने- कांग्रेस-एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा स्वागतयोग्य भएको बताएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताए।

    ‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो। संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’अहिलेको संविधानले काम गर्दैन भनेर राप्रपाले पहिलेदेखि नै भन्दै आएको पनि लिङ्देनले बताए।