प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    काठमाडौं । नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

    आज बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

    आज बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो ।

    बैठकपछि बोल्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

    ‘त्यसरी बन्ने सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छौं । नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ’, उनले भने ।