सेवानिवृत्त एआईजी जोशीको बिदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सेवानिवृत्त एआईजी जोशीको बिदाई

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    काठमाडौ । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामना सहित बिदाई गरेका थिए।

    सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकास हुन लागेका हुन् ।