बोल्न पाउने अधिकार हनन भएको भन्दै मुकुल ढकाल कालो टेप लगाएर बैठकमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बोल्न पाउने अधिकार हनन भएको भन्दै मुकुल ढकाल कालो टेप लगाएर बैठकमा

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    काठमाडौ । बोल्न पाउने अधिकार हनन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन्।

    केन्द्रीय कमिटीको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ। बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो। उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ।

    ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भनेका छन्।महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।