बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले भ्यान पुरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले भ्यान पुरियो

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    म्याग्दी । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसधान पुरिएको छ । पहिरो खसेपछि अहिले यातायात अवरुद्ध भएको छ । बर्खामा बैंसरी खण्डमा यात्रा निकै जोखिम हुनेगरेको स्थानीयको भनाइ छ ।

    मुस्ताङबाट यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान म्याग्दीको रघुगंगा गाउँपालिका –२ मा पर्ने बैंसरी पहिरोमा मंगलबार राति साढे ८ बजे पुरिएको हो । यात्रुको भने तत्काल उद्धार गरिएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । भ्यान पहिरोमा पुरिँदा क्षति पुगेको छ ।