धादिङवेशी बजारमा पार्किङ गरेर राखेको कारभित्र सुटकेस फेला, बोलाइयो नेपाली सेनालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङवेशी बजारमा पार्किङ गरेर राखेको कारभित्र सुटकेस फेला, बोलाइयो नेपाली सेनालाई

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    धादिङ । धादिङमा सडकछेउ पार्किङ गरिराखेको कारभित्र सुटकेस राखेको पाइएपछि नेपाली सेनालाई बोलाइएको छ।  बुधबार दिउँसो साढे २ बजेतिर धादिङबेशी बजारस्थित सडक छेउमा बा १६ च ९१७२ नम्बरको कार पार्किङ गरी राखिएको थियो। उक्त कारको लक गरिएको थिएन।

    गाडी अनलक रहेछ, शंकास्पद व्यक्तिले कारको पछाडि खैरो रंगको सुटकेस राखेर गएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘चालक फर्किँदा सुटकेस देखेछन्। अनि हामीलाई खबर आयो।’

    कारको सिटमा राखेको सुटकेस शंकास्पद भएपछि सडकमा सिल गरिएको छ। प्रहरीले नेपाली सेनालाई घटनास्थलमा बोलाएको छ। सुटकसभित्र के सामान छ खुलेको छैन।