कार भित्र भेटिएको शंकास्पद झोलामा थोत्रा कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कार भित्र भेटिएको शंकास्पद झोलामा थोत्रा कपडा

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    धादिङ । सदरमुकाम धादिङबेसी बिचबजार चोक नजिक पार्किङ गरी राखेको सवारी साधन भित्र भेटिएको ब्रिफकेसमा पुराना कपडा फेला परेको छ । बुधबार दिउसो एक युवकले शंकास्पद झोला छाडेर हिंडेपछि दिनभर झोला भित्र बम भएको हुन सक्ने आशंकाले बजारक्षेत्रको जनजिवन आतंकित हुन पुगेको थियो ।

    त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठले घर अगाडी रोकेर राखेकोे बा १६ च ९१७२ नम्बरको गाडीमा अन्दाजी ३०÷३५ बर्ष जतिका एक पुरुषले सुटकेश राखेर फरार भएपछि वजार क्षेत्रमा तनाव भएको हो । बिशेष सुरक्षा टोलीले ५ घण्टा लगाएर शंकास्पद बस्तुको अनुसन्धान गरी नष्ट गर्दा झोला भित्र कुनै विष्फोटक बस्तु नभई थोत्रा कपडा, सुर्ति र चिजवलको पोका फेला परेको हो ।

    शंकास्पद बस्तु फेलापरेपछी बिचबजार बजार क्षेत्र सिल गरिएको थियो भने दिनभर धादिङबेशी बजारमा तनावको स्थिति सिर्जना भएको थियो । शंकास्पद बस्तु मोटर भित्र राखेर भाग्दै गरेको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानकोट तिलहारका एक पुरुषलाई प्रहरीले पृथ्वीराजमार्गको फुर्केखोलाबाट नियन्त्रणमा लिएको धादिङका प्रहरी उपरिक्षक गौतम केसीले बताए ।