जनता समाजवादी पार्टीद्वारा सरकारको समर्थन फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जनता समाजवादी पार्टीद्वारा सरकारको समर्थन फिर्ता

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८१, शुक्रबार

    काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने शुक्रबार जनता समाजवादी पार्टीले निर्णय गरेको हो।

    प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी गराएका हुन्।

    साथै जनता समाजवादी पार्टीले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसमेत दिइसकेको छ। अध्यक्ष राईले अबदेखि आफूहरू प्रतिपक्षमा बस्ने जानकारी गराएका छन्।

    जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। पार्टीले समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले पदबाट राजीनामासमेत दिइसकेका छन्।