प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    शनिबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बनाउने सहमति भएको भन्दै वर्तमान प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री प्रचण्डले २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग गर्नुभएकोमा उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा सो प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेस-एमालेको नयाँ समीकरण बनेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका छन्।