


दमाैली । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलन आगामी भदौ १६ र १७ गते हुने भएको छ । तनहुँको शुक्लागण्डकीमा शनिबार सम्पन्न पूर्ण बैठकले आगामी भदौ १६ र १७ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रीय अध्यक्ष पन्चा सिंह, महासचिव दिपेश पुन, उपाध्यक्षहरु तुकमान महरा, नरेश रेग्मी, मदन भुल, नारायण खनाल, केशव रावल लगायतको सहभागिता थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा खनाल, विद्यार्थी फाँट इन्चार्ज ज्ञामनाथ गैरे, पार्टी प्रदेश सचिव जगन्नाथ खनाल लगायतले सम्बोधन गरेका थिए ।