नारायणी पुलबाट एक पुरुष हाम फाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणी पुलबाट एक पुरुष हाम फाले

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८१, आईतवार

    चितवन । नारायणी नदिको पुलबाट एक पुरुष नदीमा हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५०/५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेका हुन् ।

    पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको प्रहरीले जानकारी दिएको छ ।

    पुलमा उनले छाडेको साइकल, चप्पल, टोपी लगायतका सामान फेला परेको छ । वेपत्ता पुरुषको खोजी भइरहेको छ ।