


काठमाडौ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार विश्वासको मत लिने जानकारी संसद्लाई गराएका छन् ।
सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसद् सचिवालयलाई पत्रमार्फत विश्वासको मत लिने जानकारी गराएका थिए ।