नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    काठमाडौ । नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।

    राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।