सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    विराटनगर । आज बिहानैदेखि सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    पछिल्लो ३ घण्टा सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी वर्षा भएको र थप हुने देखिएको छ,’ मौसम विज्ञान विभागले जनाएको छ । 

    आज सुनसरीको सेउती,सर्दु, सुनसरी खोला र मोरङको बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने  साना खोला आकस्मिक बाढी हुन सक्ने विभागले जनाएको छ । आज दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।