नारायणी किनारमा तीन जनाकाे शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणी किनारमा तीन जनाकाे शव फेला

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    चितवन । पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको छ।  गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी पूर्व-नवलपरासीका डिएसपी वेद पौडेलले जानकारी दिए।

    मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो। मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०/४५ वर्षीय पुरूष र अन्दाजी ४०/४५ वर्षीया महिला छन्। 

    उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको हो। माछा मार्न गएका माझीले देखेर प्रहरीलाई बोलाएका थिए। शव बगाएर ल्याएको आशंका गरिएको डिएसपी पौडेलले बताए। 

    ‘एकै ठाउँमा तीन जनाको शव फेला परेको हो। नदी किनारमा बगाएर ल्याउँदा अड्काउन सक्ने खालको ठाउँ छ। त्यही फेला परेको हो,’ उनले भने।  घटनास्थलमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारको कमाण्डमा ८ जनाको टोली खटिएको छ। मृतक तीनै जनाको सनाखत गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ। (सेताेपाटीबाट)