पोखराको खुदीखोला पुलबाट तनहुँका कोइराला हाम फाले, प्रहरीद्वारा उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखराको खुदीखोला पुलबाट तनहुँका कोइराला हाम फाले, प्रहरीद्वारा उद्धार

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    पोखरा । पोखरामा पुलबाट हामफालेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १ का ४० वर्षीय नेत्रनाथ कोइराला छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार दिउँसो २ बजे कोइराला पोखरा वडा नं. ३२, खुदीस्थित पुलबाट हामफालेका थिए ।

    कोइराला हामफालेको सूचना प्राप्त गर्नेबित्तिकै प्रहरी चौकी जनताको चौताराबाट प्रहरी टोली खटिएर उनको उद्धार गरेको थियो ।

    उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

    उनी हामफाल्नुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (गण्डक न्युजबाट)