मौवाखोलाको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मौवाखोलाको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । सडक डिभिजन कार्यालयको ३ वटा स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम गरेर एकतर्फी सडक खुलाईएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक पूर्णरुपमा खुल्न केही समय लाग्ने प्रहरीको भनाई  छ ।