पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    पाेखरा । पोखरा महानगरपालिका पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौर ठाँटि निवासी कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको छ ।

    पहिरोले घर पुरीदा घटना स्थलमै ७ जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

    मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधीका परियार रहेका छन् । मृत्यु हुनेमा कुलबहादुरकी श्रीमती आमा, छोरा छोरी र ज्वाइ रहेका छन् ।

    दुई जना पवन परियार र कुमार परियारको सकुशल उद्दार भएको छ । त्यसै गरी पोखरा ३२ मा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । (क्लिक गण्डकीबाट)