पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    चितवन । मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।

    वीरगन्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित तीन कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजनासहित  २४ जना सवार रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ ।

    त्यही मार्गभएर काठमाडौंबाट रौतहटको गौर गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेका दुवै बस भेटिएका छैनन् । ती बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् ।

    पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालित छ ।