सिमलतालमा बस बगाएको घटनामा पूर्वमन्त्री श्रेष्ठद्वारा दुख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिमलतालमा बस बगाएको घटनामा पूर्वमन्त्री श्रेष्ठद्वारा दुख व्यक्त

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले चितवनको सिमलतालमा पहिरोले बस बगाएको घटनामा दुख व्यक्त गरेका छन् । शुक्रबार विज्ञप्ती जारी श्रेष्ठले नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोले दुईवटा यात्रुबाहक बस बगाएको घटनाले आफू अत्यन्तै दुखित भएको उल्लेख गरेका छन् ।

    उनले भने, ‘काठमाडौबाट रौतहट गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र बिरगन्जबाट काठमाडौ आउँदै गरेको एन्जल बसमा २४ जना सवार रहेकोमा हालसम्म उहाँहरुको अवस्था पहिचान हुन नसक्दा झनै मर्माहत छु ।’

    श्रेष्ठले उद्धार कार्यलाई तीव्र बनाउन सरकार एवम् सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।