गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८१, शनिबार

    चितवन । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा शवहरु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

    चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैडाकोट नगरपालिका-७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको एक सूचना मार्फत जानकारी गराएका छन् । ती शवहरु भरतपुर महानगरपालिका २९ सिमलताल पहिरोमा बससँगै बगेका यात्रुको हुनसक्ने आशंका गरिएको छ ।

    प्रहरीका अनुसार एक जना १८/२० बर्षको र अर्को २५/३० बर्षको पुरुषको शव भेटिएको छ । ती शवहरुको बेपत्ताको खोजीका लागि भरतपुरमा आएका आफन्तहरुलाई देखाएर पहिचान गराइने प्रहरीले जनाएको छ ।

    यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा एक जना बसका यात्रु भारतीय नागरिकको शव फेला परेको थियो ।