भानुुभक्तीय रामायण वाचन प्रतियोगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुुभक्तीय रामायण वाचन प्रतियोगिता

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८१, शनिबार

    दमाैली । दुई सय एघारौ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुुभक्त क्याम्पस नेपाली विभाग दमौलीद्वारा आज विद्यालयस्तरीय खुल्ला रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न १४ वटा विद्यालयबाट विद्यार्थी सहभागी भएका थिए ।

    प्रतियोगितामा शुक्ला माध्यमिक विद्यालय तनहुँकी छात्रा मन्जिता थापा प्रथम, गोगन माध्यमिक विद्यालय, तल्लो गगनगौडा कास्कीकी छात्रा सुजाता पौडेल द्वितीय, आदिकवि भानुुभक्त मावि दमौलीका छात्र सचिन बस्नेत तृतीय भएका छन् । प्रतियोगितामा निर्मल मावि तनहुँँका छात्र दिपेश पन्तले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई क्रमशः रु एक हजार पाँच सय, रु एक हजार, रु सात सय र रु पाँच सय नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थीलाई क्याम्पस प्रमुख महाप्रसाद हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख डा.सुशीलप्रसाद वाग्लेले संयुक्त रुपमा पुुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रत्येक वर्षको भानुजयन्तीका अवसरमा क्याम्पसले खुल्ला रामायण वाचन प्रतियोगिता गर्दै आएको छ ।

    आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा दुई सय एघार वर्ष अघि २९ असार १८७१ मा भएको थियो । भानुजयन्तीलाई नेपालका साथै विदेशका विभिन्न स्थानमा पनि सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा मनाइने गरिन्छ ।

    नेपाल मात्र होइन, नेपाली भाषी जहाँ जहाँ पुगेका छन्, नेपालीभाषी समुदायमा उत्साहका साथ मनाइँदैछ । उहाँले आफ्नो ५४ वर्षको जीवन अवधिमा ‘रामायण’ लगायत ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र तीन दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका थिए ।