पदभार ग्रहणसँगै स्वास्थ्यमन्त्री पौडेलले गरे यी दुई निर्णय, लगाएनन् मालाखादा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पदभार ग्रहणसँगै स्वास्थ्यमन्त्री पौडेलले गरे यी दुई निर्णय, लगाएनन् मालाखादा

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । त्यससँगै उनले दुई निर्णय गरे ।

    उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे ।

    एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए । मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले मितव्ययिताका निम्ति भन्दै मालाखादा लगाएनन् ।