दमाैली । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा रमेश गिरी चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका लागि १५ जना आकाङ्क्षी रहेकामा चार जना सदस्य चयन गरी गिरीलाई अध्यक्ष बनाइएकाे हाे । अध्यक्षमा चयन भएका गिरीले विद्यालयकाे शैक्षिक सुधारका लागि काम गर्ने उल्लेख गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा ओमकार आचार्य, रमामाया श्रेष्ठ, सूर्यचन्द्र लम्साल चयन भएका छन् । त्यस्तै मनाेनित सदस्यमा रमा वाग्ले र गाैरीशङ्कर थापा चयन भएका छन् ।
शिक्षक अभिभावक सङ्घकाे अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।