सुनको मूल्यमा नयॉ कीर्तिमानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा नयॉ कीर्तिमानी

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८१, बुधबार

    काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार (साढे १० बजे) सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन्छ ।