ऑबुखैरेनीबाट गाजा सहित म्याग्दी र स्याङ्जाका युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट गाजा सहित म्याग्दी र स्याङ्जाका युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८१, बिहीबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा म्याग्दी बेनी नगरपालिका-४ घर बताउने २८ वर्षीय रविन परियार र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-६ घर बताउने २१ वर्षीय विजय नेपाली रहेका छन् ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।