तीन वर्षपछि दोलखा भीमसेन मन्दिरको शिलामा दुई घण्टा ‘पसिना’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीन वर्षपछि दोलखा भीमसेन मन्दिरको शिलामा दुई घण्टा ‘पसिना’

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    काठमाडौ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि ‘पसिना’ आएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले जानकारी दिए । उनका अनुसार, शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा ‘पसिना’ आएको थियो । मूर्तिको बायाँ भागमा ‘पसिना’ आएको उनले बताए ।

    शनिबार) दिउँसो १ः४७ देखि ३ बजेर ५१ मिनेटसम्म दुई घण्टा पसिना आएको भनेर मन्दिरका पुजारीले जानकारी गराउनुभएको छ,” सीडीओ पोखरेलले भने, “शिलाको बायाँ भाग र मस्तिष्क भागमा थोरैथोरै पसिना आएको हो ।” ‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको छ । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ ।

    शिलामा आएको ‘पसिना’लाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । त्यसलाई ‘महाप्रसाद’ भनिने उनले बताए । शिलाको ‘पसिना’ पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि छ ।