अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधि

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८१, आईतवार

    काठमाडौं ।नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधि अजुई हाङ्ग राईले चुमेका छन् ।

    शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए ।  

    जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए ।

    दुई वर्ष अघिदेखि तयारी गर्दै आएको यस शेफ नेपाल फुड रियालिटी शोमा  एक सय प्रतियोगी छनोट गरिएको थियो ।  

    अनलाइन आवेदनमार्फत १०० प्रतिस्पर्धि छनोट भई लाइभ अडिसन राउण्ड, इलिमिनेसन राउण्ड गर्दै उत्कृष्ट १६ प्रतिश्पर्धी छनोट भएका थिए । उत्कृष्ट १६बाट उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएको थियो । त्यसपछि उनीहरूसँग प्रतिश्पर्धामा उत्कृष्ट हुँदै राई सेफ नेपालको विजेता बन्न सफल भएका हुन् ।

    अब छिट्टै शोको सक्सेस पार्टी आयोजना गरि विजेतालाई पुरस्कार हस्तान्तरण गरिने शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

    सर्वसाधारणलाई समेत सहभागी गराएर शेफ नेपालको पहिलो सिजन सम्पन्न गरिएकामा दोस्रो सिजनमा भने सेफहरूलाई सहभागी गराएर शेफ प्रोफेसनल शो गरिने उनले जानकारी दिए ।