लुम्बिनीमा प्रदेश प्रमुख शेरचनद्वारा नयाँ सरकार गठनका लागि आव्हान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनीमा प्रदेश प्रमुख शेरचनद्वारा नयाँ सरकार गठनका लागि आव्हान

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८१, आईतवार

    दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन् । आइतबार मुख्यमन्त्री जाेखबहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका हुन् ।

    प्रदेश प्रमुख शेरचनले साउन ७ गते साेमबार साँझ ६:३० बजेभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । लुम्बिनीमा कांग्रेस-एमाले सत्ता गठबन्धन भएपछि माओवादी नेता जाेखबहादुर महरा नेतृत्वको सरकार ढलेको हाे । महराले आइतबार लुम्बिनी प्रदेशसभालाई सम्बाेधन गर्दै राजीनामा दिए।

    लुम्बिनीमा स्थापनाकालदेखि नै सरकारमा रहेको माओवादी पहिलो पटक प्रतिपक्षमा रहने भएको छ । लुम्बिनीमा अब नयाँ मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी गर्ने तयारी गरिरहेका छन् ।

    एमाले दल प्रमुख सचेतक तुलसी चाैधरीले साेमबार दिउँसो १ बजे कांग्रेसका २७, एमालेका २९ सहितका सांसदकाे हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी पेश गरिने बताए ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतकाे लागि ४४ सांसद भए पुग्छ । अन्य साना दलहरूसँग पनि छलफल भैरहेको उनलेे बताए ।