रु १२ लाख नगद सहित पक्राउ परेका राजश्व अनुसन्धान विभाग बुझाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रु १२ लाख नगद सहित पक्राउ परेका राजश्व अनुसन्धान विभाग बुझाइयो

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८१, बिहीबार

    दमाैली । तनहुँको दमौली बजारमा स्रोत नखुलेको करिब रु १२ लाख नगद सहित पक्राउ परेका दुई जनालाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौ बुझाइएको छ ।

    व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट पक्राउ परेका रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ स्थायी घर भई हाल काठमाडौ चन्द्रागिरी नगरपालिका–१० बस्ने २५ वर्षीय सुसान केसी र सोही ठाउँका २० वर्षीय लक्ष्मण केसीलाई बिहीबार राजश्व अनुसन्धान विभाग बुझाइएको हो ।

    उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

    लक्ष्मण केसीले चलाएको बा ५७ प ७५०६ नं. को बुलेट मोटरसाइकल रोकी जाँच गर्ने क्रममा प्रहरीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले रु एक हजारको तीन सय ६५ थान र रु पाँच सयको एक हजार छ सय नोट बरामद गरेको थियो ।