केपी ओली नेतृत्वको सरकारसँग नागरिक अपेक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    केपी ओली नेतृत्वको सरकारसँग नागरिक अपेक्षा

    श्रीराम कार्की

    १६ श्रावण २०८१, बिहीबार

    १) अडडा अफिस धाउदा सेवाग्राही नागरिकले विना घुस बिना झनझट ढुक्क संग चुस्तदुरुस्त काम सप्पन्न गर्ने वातावरण होस्
    २) स्वास्थ बिमा जनमुखी र प्रभावकारी बनाई गरिवले पनि स्वास्थ निशुल्क रूपमा पाउने ब्यवस्था होस
    ३) शिक्षा लाई आधारभुत तहमा सीप सिर्जना , ब्यवसायिक र बैज्ञानिक बनाएर देशभक्त दक्ष जनशक्ति निर्माण होस! जनमुखी शिक्षाको खाका स्पष्ट आओस । भजन मात्र नबनोस जनवादी शिक्षाको नारा! अब उच्च शिक्षा विशेषज्ञ उत्पादन गर्ने अनुसन्धानमुलक बनोस! गरिवले पनि डाक्टर ईन्जिनियर सहज रूपमा बन्न पाउनेआफ्नै देशमा ब्यवस्था होस । आज बंगलादेश लगायत देशमा नेपाली विद्यार्थीको हरिबिजोज भएको खवरले च्वास्स घोचिरहेको छ
    ४) भुमिहिन सुकुम्बासी लाई जग्गाको अधिकार दिलाएर सदाको लागि यो समस्याको अन्त्य गरियोस्
    ५) क्रान्तिकारी र बैज्ञानिक भुमी सुधार लागू गरि कृषि उत्पादन र आत्मनिर्भर कृषि प्रणाली स्थापित गरियोस् ।
    ६) साना उद्योग खोल्न चाहने फर्म संचालन गर्न चाहने लाई सय झन्झट दिने एउटै मान्छेले ५० औ ठाउँमा कर बुझाउनु पर्ने होइन एकद्वार नीति ल्याई लगानी मैत्री बाताबरण बनोस ।
    ७) किसानको उत्पादनको ज्ञारेन्टी सरकारका तहले सहकारी मार्फत गर्ने ब्यवस्थापन होस । किसान लाई बजारको चिन्ता नहोस! सुरक्षित बजार ब्यवस्थापन होस ।
    ८) किसानको लगानीको सुरक्षा वा काम गर्दा हुन सक्ने दुर्घटना नोक्सानी वा प्राकृतिक बिपत आदि बारेमा सरकारको तर्फबाट सुरक्षित ईन्सुरेन्सको ज्ञारेन्टी हुनुपर्ने ।
    ९) मापदण्ड बनाएर उत्कृष्ट किसानको लागि किसान पेन्सन कार्यक्रम लागू गरिओस ं
    ९) आधारभुत शिक्षा पाएका कम्तीमा २ लाख युवा लाई आर्मी प्रहरी राष्ट्र सेवक जस्तै भर्ती गरेर देशलाई चाहिने सीप तालिमले युक्त जनशक्ति निर्माण गरि रोजगारी युवा फोर्स तयार पारिओस ं
    ९) कृषि पर्यटन युवा खेलकुद सिंचाइ जलस्रोत खानेपानी देखि भौतिक पुर्वाधार लाई पहुचको आधारमा होइन निश्पक्ष रूपमा सबै प्रदेशमा समान नीति बनाएर कम्तीमा दुई बर्ष भित्र राष्ट्रिय बिकास पुर्वाधार निर्माण सबै प्रदेशमा देख्न पाईओस ।
    १०) बिकासे बजेट असारे बजेट होइन उपयुक्त समय छनौट गरि बजेट परिचालन गर्ने पद्धति निर्माण होस ।
    ११) कानुनी झनझट बहानावाजी लुप्सहरु हटाएर समय भित्र गुणस्तरीय काम सम्पन्न गर्ने ठेकदारी प्रणाली लाई सुब्यवस्थित गरिओस ।
    १२) न्यायपालिका कार्यपालिका र ब्यवस्थापिका बिचको शक्ति पृथकिकरणको सिधाान्त लाई स्वास्थ र स्वच्छ बनाई देशहितमा भएका जनताको भलाईमा गरिने कामहरु पालैपालो रोक्ने सिस्टम अन्त्य होस!
    १३) राजधानी लाई स्वच्छ सफा हराभरा बनाई बिदेशीहरु नेपाल आउँदा न्युनतम बिकास मोडेलको मापदण्ड लाई परिपालना गरि लागू गरिओस ! उपत्यकाको फोहरमैला ब्यवस्थापन गरि भ्याली बाहिर बाट जाने सवारी साधन लाई अनिवार्य चेकपोस्टमा धुवाएर भित्र ईन्ट्री दिने र बसपार्कहरु आउट अफ नियर भ्याली गर्ने ब्यवस्था लागू होस ।
    १४) विश्व नै सूचना र संचारले आधुनिक युगमा प्रवेश गर्दा नेपालको हावापानी भौगोलिक अवस्था जनताको चेतना स्तर सबै हेरेर जनमुखी रूपमा न्युनतम डिजिटल सीप तालिमको ब्यवस्था बिधालय शिक्षाको रूपमा र खुला बिधालयको रूपमा समुदाय सम्म लागू गरि प्रतेक राजनीतिक दलको सदस्य बनाउदा यो सीप तालीम अनिवार्य गर्ने प्रणाली होस ।
    १५) सगरमाथा , गौतम बुद्ध , पशुपतिनाथ मुक्तिनाथ देखि का हजारौं सम्पदाहरुले पर्यटकिय आम्दानी श्रोत बनाउदै युरेनियम जस्ता महत्त्वपूर्ण पदार्थ देखि पेट्रोल डिजल र मिलरल लाई उत्खनन गरि देश बिकास गर्न तेजस्वी ध्यानाकर्षण होस ।
    १६) ग्रामीण बिकास लाई एक घर एक रोजगार हुनेगरी एकीकृत बस्ती बिकास मोडेलमा लागि नमुनायोग्य बस्ति बिकास सुरुवात गरि एउटा घरमा एउटा रुख फुलवारी पिउने पानी यातायात बिद्धुत संचार शौचालय फोहोर ब्यवस्थापन खेलब्यायामशाला अनिवार्य बनाईओस ।
    १७) दलाल नोकरशाही अर्थतन्त्रको कव्जा अन्त्य गरि उद्योग कृषि र जलस्रोत अनि पर्यटनले आत्मनिर्भर भएको भ्रष्टाचारी लाई कडा कानुन सहितको कार्वाही ब्यवस्था गरि देशभक्त पुजि लगानी मैत्री समाजवादी अर्थतन्त्र निर्माणका आधार पुर्वाधार तयार पारी समृद्ध नेपाल सुखी नेपालीको अवधारणा लाई ब्यवहारमा लागू गरिओस ।