पुरानो ‘अफेयर’ थाहा पाएपछि श्रीमानले नै गरिदिए पूर्वप्रेमीसँग श्रीमतीको बिहे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    पुरानो ‘अफेयर’ थाहा पाएपछि श्रीमानले नै गरिदिए पूर्वप्रेमीसँग श्रीमतीको बिहे

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८१, बिहीबार

    काठमाडौ । भनिन्छ- युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । प्रेममा परेपछि मान्छेले के-के गर्दैन ? भारतको बिहारस्थित लखीसरायबाट एउटा अनौठो घटना बाहिर आएको छ । 

    जहाँ बुवाको सट्टा श्रीमानले नै श्रीमतीकै बिहे गराई दिएका छन् । श्रीमानले आफ्नै श्रीमतीलाई उनका पूर्वप्रेमीसँग बिहे गराइदिएका हुन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार २२ वर्षीया खुश्बुको तीन वर्षअघि २६ वर्षीय राजेशसँग विवाह भएको थिएको थियो । खुश्बु विवाहअघि नै चन्दन नामका युवकसँग प्रेममा थिइन् तर यो सम्बन्ध परिवारका सदस्यलाई मान्य नभएपछि उनले राजेशसँग विवाह गरिन् । विवाहपछि पनि खुश्बुको मनमा चन्दन रहिरह्यो । ती महिलाका श्रीमानलाई यी सबै कुराहरू थाहा थिएन ।

    युवती सानैदेखि प्रेममा थिइन् । बिहेपछि पनि उनले पूर्वप्रेमीसँग बोल्ने र भेट्ने गरेको थाहा पाएपछि श्रीमानले नै बिहे गराई दिएका हुन् । ती महिलाले दुई वर्षको छोरी छाडेर पुरानो प्रेमीसँग बिहे गरेकी छन् । 

    दुवै जना बाल्यकालदेखि नै एकअर्कालाई मन पराउँथे तर, परिवारका सदस्यले अर्कै ठाउँमा बिहे गरिदिएको महिलाले बताइन् ।

    विवाहपछि पनि उनीहरूको अफेयर चलिरहेको थियो । ती युवतीले ३ वर्षअघि बिहे गर्दा बिहेको राति पनि प्रेमीसँग मोबाइलमा लामो कुरा गरेको बताइन् । 

    विवाहअघि र पछि दुवैको अफेयर थियो, तर जबसम्म पतिलाई थाहा भयो, तबसम्म खुश्बुले बच्चालाई जन्म दिइसकेकी थिइन् । 

    एक दिन अबेर राति चन्दन खुश्बुको घरमा भेट्न पुगेपछि श्रीमान राजेश र उनका परिवारका सदस्यले दुवैलाई समातेका थिए । त्यसपछि मात्र राजेशले आफ्नी श्रीमती खुश्बुको चन्दनसँग विवाह गराइदिएका हुन् ।

    प्रेमीसँग विवाह गर्नुअघि खुश्बुले दुई वर्षको बच्चा आफूसँग नभई बाबुसँग बस्ने र श्रीमानको सम्पत्तिमा आफ्नो कुनै हक नहुने कुरामा सहमति जनाएकी थिइन् । त्यसपछि श्रीमानले आफ्नी श्रीमतीको हात आफ्नो प्रेमीलाई सुम्पिदिए र दुवैले विवाह गरे ।