ऑधीमूल नेपाली कल्याण समाजद्वारा विद्यार्थी सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑधीमूल नेपाली कल्याण समाजद्वारा विद्यार्थी सम्मानित

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८१, आईतवार

    दमौली । ऑधीमूल नेपाली कल्याण समाजले आँबुखैरेनी गाउँपालिका-१ बाट यस वर्ष एसईई, कक्षा १२ तथा प्राविधिक विषयमा डिप्लोमा गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

    समाजले एसईई उतीर्ण पॉच जना, कक्षा १२ उतीर्ण ११ जना तथा कृषि डिप्लोमा (बाली विज्ञान) उत्तीर्ण तीन गरी १९ जनालाई नगद सहित प्रमाणपत्रबाट सम्मान गरेको हो । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सम्मान गरेका थिए ।

    कार्यक्रममा चुमानले दलित शसक्तीकरणमा जनयुद्धको भूमिका र माओवादी पार्टीको योगदानको चर्चा गर्दै यस्ता उत्साहपुर्ण कार्यक्रममा आफ्नो सधैं साथ रहेको बताए ।

    वडा नम्बर १ का अध्यक्ष प्रेम गुरुङले विभिन्न तहका उत्तीर्ण विद्यार्थीलाई बधाई तथा आगामी दिनमा उज्वल भविष्यको कामना गरे ।

    जुना कोइरालाले स्वागत मन्तव्य राख्दै सम्मानित हुने छात्रछात्राबाट समाज परिवर्तनको ठूलो अपेक्षा रहेको बताइन् । बाबुराम नेपालीले भेदभाव विरुद्ध आवाज बुलन्द गर्न हिच्किचाउन नहुने बताए ।

    समाजका अध्यक्ष थमान सिं नेपालीले सम्मानित हुने विद्यार्थीहरुलाई बधाई दिंदै यस्तो कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने बताए।