दमाैली । चितवनकाे इच्छाकामना गाउँपालिका-६ मा अवस्थित छ जलवीरे झरना । नारायणगढ सडकखण्ड यात्रा गर्ने यात्रुलाई यस झरना आकर्षक केन्द्र बन्दै गएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलविरे मन्दिरबाट २० मिनेटको पैदल यात्रामा करिब १ किलोमिटर उकालो पार गरेपछि झरनामा पुगिन्छ । करिव ६० मिटर अग्लो स्थानबाट सिधै तल चट्टानमा परेको यस झरना प्राकृतिक पानीको फोहोराको रूपमा शोभायमान देखिन्छ ।