प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८१, शनिबार

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

    शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई जनाबीच सरकारका कामकारबाहीका विषयमा छलफल भएको हो। यसबारे प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत शेयर गरेका छन्।

    दुई जनाबीच राजनीतिक विमर्श, सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको उक्त पोष्टमा उल्लेख छ।

    ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए,’ उनले लेखेका छन्।