ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको पुनरागमन जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको पुनरागमन जित

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८१, आईतवार

    काठमाडौँ । रोबर्ट लेवनडोस्कीको दुई गोलमा बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि शनिबार २–१ को पुनरागमन जित रचेको छ । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको यो पहिलो खेल हो ।

    भ्यालेन्सियाले ह्येगा डुरोको गोलमा सुरुआती अग्रता लिएको थियो । लेवनडोस्कीले पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा बराराबी गोल गरे । त्यसका लागि लामिन यामलले पास उपलब्ध गराएका थिए । त्यसपछि उनले ४९ औं मिनेटमा पेनाल्टीबाट विजयी गोल गरे ।

    राफिन्हालाई बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको हो । त्यसअगाडि ओसासुना र लेगानसले १–१ को बराबरी खेलेका थिए ।