गाेरखाबाट आँबुखैरेनी आउँदै गरेकाे माेटरसाइकले पैदलयात्रीलाई ठक्कर दियाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गाेरखाबाट आँबुखैरेनी आउँदै गरेकाे माेटरसाइकले पैदलयात्रीलाई ठक्कर दियाे

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८१, आईतवार

    दमाैली । गाेरखाबाट आँबुखैरेनीतर्फ आउँदै गरेकाे माेटरसाइकलकाे ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।

    गोरखा-आँबुखैरेनी सडक खण्ड अन्तर्गत नाै किलाेमा बागमती प्रदेश ०३-००३ प २०५७ नं. को मोटरसाइकलले ठक्कर दिँदा गाेरखाकाे पालुङटार-७ बस्ने २४ वर्षीय सुशील कुमाल घाइते भएका हुन् ।

    उनकाे बायाँ खुट्टा, अनुहार, टाउकोमा चोट लागेकाे प्रहरीले जानकारी दिएकाे छ । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकाे छ ।