बालेनको गीत गाउँदा कर्मचारीको सरुवाः के भन्छ पोखरा महानगरपालिका ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बालेनको गीत गाउँदा कर्मचारीको सरुवाः के भन्छ पोखरा महानगरपालिका ?

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८१, सोमबार

    पोखरा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा गीत गाएपछि पोखरा महानगरपालिकाकी एक कर्मचारीको आन्तरिक सरुवा भएको विषय अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

    पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा कार्यरत सातौँ तहकी चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरुवा गरिएको दाबी गरेकी थिइन् ।तीन महिनाअघि मात्रै वडा नम्बर ३ बाट महानगरमा आएकी चन्द्रावतीलाई केही दिनअघि पोखराको २३ नं वडामा सरुवा गरिएको हो ।

    करिब ५ वर्ष वडा नम्बर ३ मा बसेर आएकी वाग्लेलाई तीन महिनामै तुलनात्मक रूपमा दुर्गम मानिने वडा पठाइएको छ । तर गीत गाएका कारण कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले भने यसबारे प्रष्टीकरण दिएको छ । महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आइतबार जारी गरेको विज्ञप्तिमा कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया भएकाले आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको स्पष्ट पारेका छन् ।