नवलपुर, पाल्पा, चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नवलपुर, पाल्पा, चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८१, मंगलवार

    काठमाडौ । पछिल्लो ६ घन्टामा चितवन, नवलपुर र पाल्पामा भारी वर्षा भएको छ।

    ती जिल्ला भएर बग्ने साना–ठूला खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

    विभागका अनुसार पछिल्लो ६ घन्टामा नवलपुरको डन्डाबजारमा १५६.४ मिलिमिटर वर्षा भएको छ।

    चितवनको शक्तिखोरमा १०४.८, चितवनकै देवघाटमा १०१.८, पाल्पाको अर्चलेमा १०४.८ मिलमिटर वर्षा भएको छ।