भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८१, बुधबार

    चितवन । भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हाे ।

    अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

    पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पाैडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियाे । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताए ।

    मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् । (नारायणी अनलाईनबाट)