पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८१, बुधबार

    पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

    पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ ।

    बिहान ७:२५ मा उड्ने तय भएको जहाज सवा ९ बजेमात्र काठमाडौं उडेको थियो । तर, काठमाडौंको मौसम खराब हुँदा करिब २० मिनेट आकाशमा घुमेर भैरहवा अवतरण भएको हो ।

    बुद्धको उडान नम्बर ६६४ को एटीआर ७२ जहाज काठमाडौंका लागि उडे पनि भैरहवा अवतरण भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।