दमाैली । व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका जङ्गल पार्कमा शनिबार सरसफाई कार्यक्रम गरिने भएकाे छ । युवा अभियान्ता सुदीप गफ्फारकाे नेतृत्वमा उक्त ठाउँमा वृहत सरसफाई गर्न लागिएकाे हाे ।
धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलकाे रुपमा विकास भइरहेकाे जङ्गल पार्कलाई सफा र स्वच्छ राख्ने उद्धेश्यले सरसफाई गर्न लागिएकाे उनले बताए । गफ्फारले बिहीबार उक्त कार्यक्रमका बारेमा वडाध्यक्ष मनबहादुर गुरुङलाई जानकारी गराउँदै कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुराेध गरेका छन् ।
उनले भने, ‘कार्यक्रममा वडाभित्रका विभिन्न टाेलका व्यक्तिहरुलाई सहभागिताका लागि आग्रह छ । हामी सबैकाे साझा प्रयासबाट यस ठाउँलाई सुन्दर बनाउन सकिन्छ ।’