मुग्लिनमा गुडिरहेको बसमाथि खस्यो ढुंगा, अनियन्त्रित भएर पल्टिँदा ११ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिनमा गुडिरहेको बसमाथि खस्यो ढुंगा, अनियन्त्रित भएर पल्टिँदा ११ जना घाइते

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    चितवन । चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ।

    शुक्रबार दिउँसो पौने २ बजे रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

    अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो। 

    बसमा सवार अन्दाजी १०/११ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ।

    बसमा क्षति पुगेको छ। बस घटनास्थलमै राखिएको हुँदा सडक अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको छ। घटनाबारे थप बुझ्ने काम भइरहेको छ।