छिम्केश्वरी माविका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरी माविका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८१, आईतवार

    दमौली । ऑबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयका बालविकास देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई ट्रयाकसुट, झोला, जुत्ता, स्टेशनरी सामग्री वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यालयका विद्यार्थीलाई आज सामग्री प्रदान गरेका हुन् ।

    फ्रेण्ड्स अफ सिङ्ला फाण्डेसन स्वीसको सहयोगमा विद्यालयमा अध्ययनरत १६५ जना विद्यार्थीहरुका लागि सामग्री प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासले बताइन् । सँस्थाले विद्यालयका साउण्ड सिस्टम, शिक्षकहरुलाई डायरी र पेन समेत प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक एवँ सूचना अधिकारी काशीनाथ देवकोटाले बताए ।

    कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर, आँवुखैरेनी गाउँपालिका विकास वोर्डका सदस्य सचिव किशोर सुवेदी, फ्रेण्ड्स अफ सिङ्ला फाण्डेसन स्वीसका अध्यक्ष सोम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासको अध्यक्षता र आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक काशीनाथ देवकोटाले गरेका थिए । नयाँ पोशाक, झोला, स्टेशनरी सामग्री पाएपछि विद्यार्थीहरु खुशी भएका स्थानीय अभिभावक दल कुमारी थापाले बताइन् ।