दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा खसेको बस निकाल्नका लागि सडक अवरुद्ध गरी काम भइरहेको छ । गत शुक्रबार पोखराबाट काठमाडौ जाँदै गरेको भारतीय बस नदीमा खसेको र सो बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको छ ।
बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै केही बेर सडक सुचारु हुन समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।