साढे आठ घण्टापछि खुल्यो ऑबुखैरेनी-मुग्लिन सडक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    साढे आठ घण्टापछि खुल्यो ऑबुखैरेनी-मुग्लिन सडक

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०८१, सोमबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-मुग्लिन खण्ड साढे आठ घण्टापछि खुलेको छ । ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार दुर्घटनाग्रस्त बस निकाल्नका लागि सोमबार बिहान ६ बजेदेखि सडक बन्द गरिएकामा बस निकालेपछि सडक सुचारु भएको हो ।

    १० बजेसम्म सडक बन्द गर्ने सूचना जारी गरिएपनि बस निकाल्न समय लागेको थियो । क्रेनको सहायताले बस निकालेर सडकमा ल्याइएको छ ।

    लामो समयसम्म सडक बन्द हुँदा हजारौ यात्रुले सास्ती भोगेका छन् ।