कर्मचारीको निधनमा म्याग्दे गाउँपालिकामा आइतबार बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    कर्मचारीको निधनमा म्याग्दे गाउँपालिकामा आइतबार बिदा

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८१, शुक्रबार

    दमौली । म्याग्दे गाउँपालिकाले कर्मचारी शर्मिला कुमारी पण्डितको निधनमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    कृषि शाखामा कार्यरत पण्डितको भदौ १२ गते भएको निधनप्रति दुख व्यक्त गर्दै पालिकाले भदौ १६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    उक्त दिन गाउँपालिका अन्तर्गतका कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) सार्वजनिक बिदाको निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    पण्डित म्याग्दे-४ घुम्तीस्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।