महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो भएको छ : मेयर साह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो भएको छ : मेयर साह

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८१, शुक्रबार

    काठमाडाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरपालिका प्रहरी र नेपाल प्रहरीले गर्दा सडक व्यवस्थापन गर्न  सजिलो भएको बताएका छन् । 

    शुक्रबार ३२औँ महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै मेयर बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपंक्तिमा नगर प्रहरीको हात रहेको बताएका हुन् । 

    उनले भने, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न विभिन्न विभागबाट सहयोग गर्न अग्रपंक्तिमा जानुहुने नगर प्रहरीका पदाधिकारी, जवान, उहाँहरूले  गर्दाखेरि विभागका सबै  कार्य सहज तरिकाले भएका छन् ।’ 

    ‘स्वास्थ्य विभागको स्वास्थ्य औषधि पसलदेखि लिएर विभिन्न अस्पताल क्लिनिक वा खाद्यान्नको  अनुगमनदेखि सबै  विभागका कामका लागि नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले भने ।

    साथै उनले साउथ एसियाको विकास हुँदै गएको देशमा काम गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे । उनले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपाथमा व्यवसाय गर्दाको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौती सामना गर्नुपरेको जिकिर गरे ।