मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी छः प्रधानमन्त्री ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी छः प्रधानमन्त्री ओली

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएका छन्।

    शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा प्रधानन्त्री ओलीले आफ्नो कार्यकाल सकिन त्यति समय बाँकी रहेको बताएका हुन्।

    ‘मलाइ मन नपराउनेहरुका लागि म खुशीको खबर छ, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ,’ उनले भने। प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल सकिनुभन्दा हप्ता दिनअघि नै पद छाड्ने पनि बताए। 

    ‘त्योभन्दा पनि अलि हप्तादिन अगाडी नै छोड्छु भनेको छु मैले । बढी खाउँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ, ’ प्रधानमन्त्री ओलीले भने।