‘हेर्ने कथा’ले भेट्टाएका प्रकाशलाई घरैमा नेपाली नागरिकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘हेर्ने कथा’ले भेट्टाएका प्रकाशलाई घरैमा नेपाली नागरिकता

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८१, आईतवार

    भोजपुर । गोर्खाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारमा ३३ वर्षे गोठालो जीवन बिताउने क्रममा ‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश मोक्तानले नागरिकता बनाएका छन् ।

    ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’का पात्र प्रकाश मोक्तानलाई आइतबार षडानन्द नगरपालिका-१०, साङपाङस्थित उनको घरमै नेपाली नागरिकता हस्तान्तरण गरिएको हो ।

    षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले प्रकाशलाई नेपाली नागरिकता हस्तान्तरण गरे । वडा नम्बर १० का अध्यक्ष प्रेम दोर्जी शेर्पाको सिफारिसमा उनलाई इलाका प्रशासन कार्यालय दिङ्लाले नागरिकता दिएको हो ।

    त्यसक्रममा प्रकाशको घरमा इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली र षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं पनि उपस्थित थिए ।